जसपा-नेपालले छान्यो पदाधिकारी (नामसहित)

जसपा-नेपालले छान्यो पदाधिकारी (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जसपा–नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ ।

जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान बमोजिम गरिएको व्यवस्था अनुसार अध्यक्ष उपेन्द्र यादवले  पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू पदाधिकारीहरू चयन गरेका हुन् ।

पार्टीद्वारा आज जारी विज्ञप्तिअनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् ।

त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, र विद्युत् बज्राचार्य नियुक्त भएका छन् ।

यसैगरी, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा चयन भएका छन् भने मनिष कुमार सुमनलाई प्रवक्तमा नियुक्त गरिएको छ ।