बागमती नदीमा बाढी बढ्यो, सतर्कता तह पार

बागमती नदीमा बाढी बढ्यो, सतर्कता तह पार

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ ।

सोमबार दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बाढी बढ्दो क्रममा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै बाढीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । सोमबार दिउँसोदेखि काठमाण्डु उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ ।

पछिल्लो १ घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौंदी नदी लगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको ढुंग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ ।

मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।