रास्वपाले निलम्बित महामन्त्री डा.ढकाललाई पार्टीको साधारण सदस्यबाट हटाउने !

रास्वपाले निलम्बित महामन्त्री डा.ढकाललाई पार्टीको साधारण सदस्यबाट हटाउने !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट समेत हटाउने केन्द्रीय समिति बैठकमा पेस गर्दैछ । रास्वपाको अनुशासन आयोगले डा. ढकाललाई साधारण सदस्यबाटसमेत हटाउन सिफारिस गरेको छ ।

त्यो सिफारिसलाई केन्द्रीय समिति बैठकमा पेस गर्ने र निर्णय गर्ने सभापति रवि लामिछानेले निर्देशन दिएका लामिछानेनिकट एक नेताले जानकारी दिए ।

मंगलबार (भोलि) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, चःमतीमा केन्दीय समिति बैठक बोलाइएको छ । बैठकले अनुशासनात्मक कारबाही गर्ने नेताहरूले बताएका छन्।

पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै महामन्त्री डा. ढकाललाई रास्वपाले स्पष्टीकरण सोधेर चित्त नबुझेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको थियो । सुरुको स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।

त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिए पनि कारबाहीमा परेपछि डा. ढकालले झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्न अनुशासन आयोगलाई सिफारिस गर्न सभापति लामिछानेले नै लगाएको नेताहरू बताउँछन् ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले अनुशासन आयोगले निलम्बित महामन्त्री ढकाललाई कारबाही गर्नका लागि आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको जानकारी दिए । सोमबारकै बैठकले निर्णय गर्ने, नगर्ने आफूले अहिले भन्न नसक्ने उनले बताए ।

डा.ढकाललाई पार्टीले स्पष्टीकरण पेस गर्न दिएको समय सकिइसकेको छ । उनले स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

बैठकमा अनुशासनको कारबाहीबाहेक समसामयिक गतिविधि, राष्ट्रिय भेला, स्थानीय तहमा छाया सरकारलगायतका छलफलका एजेण्डा रहेका कार्यवाहक प्रवक्ता झाले बताए ।

रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ ।