बागमती – वर्षासँगै खसेको पहिराका कारण सोमबार दिउँसोदेखि हेटौंडा–काठमाण्डु जोड्ने २ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाण्डु सडक खण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।
कान्ति लोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको डीएसपी भण्डारीले बताए ।




प्रतिक्रिया