काठमाण्डु– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा लुटको राजनीति भइरहेको बताएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशमा लुटको राजनीति भइरहेको र जनता चुप लागेर बस्न नहुने बताएका हुन् ।
उनले जनताले नेताहरुबाट भोट फिर्ताको अभियान चलाउनुपर्ने समेत बताएका छन् ।
उनले घुस राज्यको चरित्र भएको समेत बताएका छन् ।
हिजो प्रधानमन्त्री ओलीले सरकारले दाल–भात खान्छ घुस खाँदैन भन्ने अभिव्यक्ती प्रति प्रश्न गर्दै साहले भने, ‘प्रधानमन्त्री भन्नुहुन्छ सरकारले दाल भात खान्छ । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, गिरिबन्धु टि–स्टेट कसले खायो, नक्कली भुटानीलाई अमेरिका पठाउँदा करोडौं कसले खायो ? बालुवाटार जग्गा काण्ड, सुन काण्ड र बाँसबारी छालाजुत्ता कसले खायो ?’




प्रतिक्रिया