काठमाण्डु– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सोमबार टुँडिखेल र पाटन कृष्णमन्दिरमा भएकाे घटना राजनीतिक नेताहरु र दलहरुले चेतावनीकाे रुपमा हेर्नपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाकाे सून्य समयमा बाेल्दै उनले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी समेत दिए ।
बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफुले भयाभव अवस्था आउदै गरेको देखेको बताए ।
उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुदा पनि विश्व विद्यालय आफ्नै बिद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए ।




प्रतिक्रिया