भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍याे

भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सरेको छ ।

भोलि बस्ने भनिएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरि सारिएको हो ।

महामन्त्रीद्वय प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए । देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए ।

छलफलमा विवाद चर्किएपछि बैठक सारिएको हो ।