काठमाण्डु– संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई गफमा भन्दा काममा बढी ध्यान दिन निर्देशन दिएको छ।
मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनताले प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएकी हुन् ।
उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन्।
सभापति पन्तले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताइन्।




प्रतिक्रिया