नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, जयन्ती विजयी

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, जयन्ती विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ ।

नतिजाअनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

उपाध्यक्षमा अध्यक्ष माधव कुमार नेपाल निकट मानिएका तीन जना विजयी भएका छन् । उपाध्यक्षमा भानुभक्त जोशी पनि विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९ मत, जगन्नाथ खतिवडा १५१ मत, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।