बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज-बाँकेमा बस दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते छन् ।

दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर–नेपालगञ्ज सडकखण्डको जानकी गाउँपालिका–६ कोठारपुरमा आज दुर्घटना भएको हो । दुर्घटामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको मृत्यु भएको हो । मृतक ओली बसका यात्रु र भुषाल बसका सह–चालक रहेको बुझिएको छ ।

दुबै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएपी नारायण डाँगीले जानकारी दिए । घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेको डिएसपी डाँगीले बताए ।

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन् ।