यो साता सेयर बजार २२३ अंकले घट्याे, काराेबार रकम सवा १२ अर्बमा खुम्चियाे

यो साता सेयर बजार २२३ अंकले घट्याे, काराेबार रकम सवा १२ अर्बमा खुम्चियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ ।  यो साता सेयर बजार २२३ अंकले घटेको छ  । साताको पहिलो दिन आइतबार देखि नै  ओरालो यात्रामा लागेकाे  बजार म‌गलबार बाहेक बिहीबार सम्म घट्ने क्रम जारी रह्ये ।

आइतबार  सेयर ७९.८८ अंकले घटेको थियो भने सोमबार सार्वजनिक बिदा भएर कारोबार भएन ।  हिजो बुधबार भने सेयर बजार ३ अंकले बढेको थियो । २९ सय पुगेको परिसुचक निरन्तर ओरालो लागिरहँदा आइतबार २८९४ अंकमा आएको थियो । 

मंगलबार सेयर बजार १११.९६ अंकले घटेको थियो । सो दिन परिसुचक २७८२.६० विन्दुमा कायम भएको थियो । आज ३६ अंकले नेप्से घट्दा परिसुचक २७४९ मा कायम भएको छ । 

बिहीबार सम्म आइपुग्दा कारोबार रकममा पनि उच्च गिरावट आएको छ । आइतबार १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको मार्केट बिहीबार सम्म आइपुग्दा सवा १२ अर्ब कायम भएको छ । आज २८ लाख ३४ हजारको सेयर किनबेच हुँदा कारोबार रकम पनि घटेर १२ अर्ब २४ करोडमा रोकिएको छ  ।  १८८ सूचक घटे भने ५३ सूचक बढेका छन् २ कम्पनी भने स्थिर रहे । आज थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

त्यसैगरी, विन नेपाल लघुवित्तको ५.४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ५.०८ प्रतिशत, नाडेप लघुवित्तको ४.७८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ । सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड ६५ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ३६ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख १३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३४ करोड ३ लाख ८० हजार रुपैयाँ, राधि विद्युत कम्पनीको ३१ करोड ९४ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।