मुख्यसचिवमा अर्याल नियुक्त भएपछि ज्ञवालीद्वारा राजीनामा

मुख्यसचिवमा अर्याल नियुक्त भएपछि ज्ञवालीद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

मुख्यसचिव बन्ने दौडमा ज्ञवाली समेत थिए । सरकारले मुख्यसचिव नबनाएपछि उनले राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।

मुख्यसचिव बन्ने दौडमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल पनि थिए ।