काठमाण्डु – पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेलमा नेपालकी पलेशा गोबर्धनले भेनेन्जुएलाकी भलेरियालाई पराजित गरेकी छन् ।
राउन्ड अफ १६ को खेलमा शुक्रबार ३१–० को जित निकाल्दै अन्तिम आठमा पुगेकी पलेशाले अन्तिम आठमा ब्राजिलकी सिल्भाना मायारासँग आजै प्रतिस्पर्धा गर्नेछिन्।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशाले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन् ।
१९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता पलेशा छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
पलेशासंग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ।




प्रतिक्रिया