काठमाण्डु- परराष्ट्र सचिव सेवा लम्सालको राजदूत नियुक्तीको प्रक्रिया अघि बढको छ । परराष्ट्रसचिव सेवा लम्साललाई सरकारले साउन ३१ गते बेल्जियमको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सचिव लम्सालले नै आफ्नो प्रस्ताव आफै रोकेर राखेकी थिईन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि उनले बिहिवार लिखित प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएकी हुन् । सचिव लम्सालले सुरुमा भारत वा बेल्जियमको राजदूत भएर जाने रुचि देखाएपछि सरकारले उनलाई बेल्जियमको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर, उक्त निर्णयपछि उनले सचिव पदमै केही समय बस्ने इच्छा देखाएपछि प्रधानमन्त्री नै उनिसंग असन्तुष्ट बनेको स्रोतको दावी छ ।
लम्सालको प्रस्ताव प्रधानमन्त्री कार्यालयबाट शुक्रवार नै प्रमाणिकरण भएर आइसकेको छ । अव लम्सालको संसदीय सुनुवाईको प्रक्रिया चांडै अघि बढनेछ । सरकारले भने उनको ठाउंमा सहसचिव अमृत राईलाई सचिव बनाउने सम्भावना छ । यता यूएईमा रहेका नेपाली राजदूत तेजबहादुर क्षेत्रीविरुद्ध दूतावासका सबै कर्मचारीले मन्त्रालयमा उजुरी गरेका छन् ।
क्षेत्रीले आफुहरुमाथि ज्यादती गरेको भन्दै दूतावासका मिनिस्टर काउन्सलरदेखि तृतीय सचिवसम्मले मन्त्री आरजु देउवासमक्ष तीन पेज लामो लिखित उजुरी पठाएको उनको सचिवालय स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
परराष्ट्रसचिव सेवा लम्सालले राजदूत नियुक्तिको आफ्नो प्रस्ताव आफै रोकेको खुलासा




प्रतिक्रिया