काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी,बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल हुने छ ।




प्रतिक्रिया