मन्त्रालय परिवर्तनपछि असन्तुष्टि जनाउँदै मनाङेद्वारा राजीनामा

मन्त्रालय परिवर्तनपछि असन्तुष्टि जनाउँदै मनाङेद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय परिवर्तन गरिदिएपछि गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पाण्डेलाई स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् उनले राजीनामा पठाएको जानकारी दिए ।

मनाङेले अब सरकारमा नजाने बताएका छन् ।

सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेले पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए। त्यसपछि असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएका हुन्। मनाङेका स्वकीय सचिव अधिकारीले पनि मन्त्री पदबाट मनाङेले राजीनामा दिएको जनाए ।

तर, मुख्यमन्त्री पाण्डेले भने राजीनामा पत्र बुझाउनका लागि अधिकारीलाई समय दिएका छैनन् ।

मुख्यमन्त्री पाण्डे निकट स्रोतले मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरे पनि पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन पाण्डेले उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापालाई दिन बाध्य भए ।