८ किलो चाँदीका गहनासहित युवक पक्राउ

८ किलो चाँदीका गहनासहित युवक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित १ युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आईतबार लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र विश्वकर्मालाई करीब ८ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पैदलयात्रीले बोकेको कालो रङको झोला जाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाउने तयारी भइरहेको जनाएको छ ।

विश्वकर्मा भरिया मात्र भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनले लहानकै व्यवसायीका लागि भारतबाट गहना ल्याएको प्रारम्भिक बयान दिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।