मुगु-सोरुगाउँपालिका–६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ । आज बिहान सोरुकोटबाट गमगढी आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ६४३७ नम्बरको जीप सोरु गाउँ पालिका–६ बन्जाह मोडमा ब्रेक फेल भइ मोडबाट १ सय मिटर तल खस्दा जीप चालक ४५ वर्षीय नरबहादुर बुमीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
जीपमा यात्रु थिएनन् । जीप दुर्घटना हुँदा सह–चालकले हाम फालेर ज्यान बचाएको प्रहरीले बताएको छ ।




प्रतिक्रिया