डेङ्गीको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु

डेङ्गीको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – डेङ्गीको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी संक्रमण देखिएको थियो ।

शरीरका विभिन्न भागबाट रक्तश्राव भई अंगले काम गर्न छोडेर (मल्टी अर्गान फेलर) उनको मृत्यु भएको हो ।

उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको संक्रमणका कारण मृत्यु भएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ३ हजार ३३१ जनाको परीक्षण गर्दा ७८८ जनामा डेङ्गीको संक्रमण देखिएको छ । संक्रमितमध्ये ५८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन् ।