अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा गोली प्रहार, डाक्टरसहित चार जनाको मृत्यु

अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा गोली प्रहार, डाक्टरसहित चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा सोमबार दिउँसो ३ बजे एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ । गोली लागेर अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र गोली चलाउने व्यक्ति स्वयं रहेका छन्।

नाम नखुलेका ती व्यक्तिले तीन जनालाई गोली हानेपछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए भन्ने नखुलेको बीबीसीले उल्लेख गरेको छ।

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ। घटनामा ती महिलाको ज्यान गएको छ। यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ।