कानुनमन्त्री ढकालले भने -अपराधमा संलग्न जोसुकै कारवाहीको भागिदार बन्छ

कानुनमन्त्री ढकालले भने -अपराधमा संलग्न जोसुकै कारवाहीको भागिदार बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कानून,न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अपराधमा संलग्न जोसुकै भएपनि कारवाहीको भागिदार बन्नु पर्ने बताएका छन ।

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित द्वन्द्वपीडितहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ढकालले योग्यतापुर्ण तरिकाले दन्द्धको व्यवस्था जसरी गरियो त्यो एकदमै सकरात्मक रहेको भन्दै सबैले आ–आफ्नै धुन बजाउन थालेमा समस्या समाधान नहुने जानकारी गराए ।

उनले भने‘ अहिले सकारात्मक अवस्था रहेको छ,सबैको सहमतीमा मात्र समाधानको एकमात्र उपाय हो ।’ अहिलेसम्म परिणाममुखि वातावरण बन्न सकेको थिएन,जधन्य मानव अधिकार बिरोधी गतिविधी बाहेक अन्य बिषयहरु समाधान हुने गरि काम अगाडी बढिरहेको उनले जानकारी गराए ।

उनले भने‘कानुन बनाउदा दलगत,स्वार्थगत रुपमा कानुन बनेको होईन,त्यसकारण पनि सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद आगामी माघ २६ गतेसम्म रहेको जानकारी गराउँदै मन्त्री ढकालले तोकिएको समयभित्रै काम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाली काङग्रेस नेता रमेश लेखकले नेपालको सम्बीधान विश्वमा नै उत्तम रहेकाले यसैको आधारमापनि द्धन्द्ध पिडीतहरुले न्याँय पाउनेमा आाशा ब्यक्त गरे । उनले भने‘सम्भावना समाप्त भएको छैन,तर अव पहल गर्न ढिला गर्नु हुदैन ।’अन्यायमा परेकाहरुप्रती नेपाली काङग्रेसले सदैव सहयोगी भुमिका खेल्ने उनले जनाए । पिडीतका मुहारमा खुसी ल्याउनकोलागि .सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा उनको जोड रहको थियो ।