मोटर चलाएर कल पेल्दा करेन्ट लागेर दम्पतीको मृत्यु

मोटर चलाएर कल पेल्दा करेन्ट लागेर दम्पतीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ–मोरङमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ ।

बुधबार बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।