काठमाण्डु – प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले अवरोध जारी राखेपछि आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भदौ ३० गते दिउँसो एक बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच ‘हिंसा’ शव्द हटाउने र नहटाउनेबारे विवाद भएको थियो । प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने क्रममा एमाले सांसद रघुजी पन्तले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसा भनेका थिए । त्यसपछि माओवादीका संसदहरूले यो शव्द असंसदीय भएर भएकाले हटाउन माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले हिंसा शव्द असंसदीय नभएको रुलिङ गरेपछि माओवादीका सांसदहरूले आपत्ति जनाएर उठेर विरोध गरे । सभामुखले बस्न आग्रह गर्दा नबसेपछि अहिले माओवादीको मागबारे के हो भनेर सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई बोल्न दिए । उनले पुनः शव्द हताउन माग गरे ।
यसअघि एमाले सांसद योगेश भट्टराईले पनि जनयुद्धलाई हिंसा भनेपछि लफडा भएको थियो ।




प्रतिक्रिया