माओवादीले आज पनि प्रतिनिधिसभामा अवरोध जारी राख्ने

माओवादीले आज पनि प्रतिनिधिसभामा अवरोध जारी राख्ने

राष्ट्रिय दलका प्रमुख सचेतक र सभामुखबीचको छलफलमा भएन सहमती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आज पनि अवरोध कायम राख्ने भएको छ । गतिरोध हटाउने विषयमा आज सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सहमति नजुटेको जानकारी दिए । ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚’ उनले भने‚ ‘यहाँबाट निस्पेछि पार्टीमा पनि छलफल हुन्छ ।’

माओवादी प्रमुख सचेतकपाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका थिए । ‘संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो’ उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु ।’

एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विरोधमा माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो । शुक्रबार बसेको माओवादी दलको बैठकले आज पनि अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

हिंसा शब्द संसदीय शब्द भएको सभामुखले रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको हो ।