संसद बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

संसद बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यस्तै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आ.व.२०७९/०८० पेश गर्नेछन् ।

साथै उनले असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने पनि कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायक विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

तर, आजको बैठक पनि सुचारु हुनेमा आशंका छ । गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’को संज्ञा दिएका थिए । त्यसपछि हिंसा शब्द हटाउनुपर्ने माग गर्दै माओवादी केन्द्रले संसद अवरोध गर्दै आएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।