लुम्बिनी सरकारद्वारा योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

लुम्बिनी सरकारद्वारा योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल तथा सदस्यहरूमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा. सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।