काठमाण्डु-राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।
निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालको मत पाएकी दाहाल सभापतिमा निर्वाचित भएकी हुन् ।
आज भएको निर्वाचनमा एमालेकी दाहाल र नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई उम्मेदवार थिए । कुल १५ मतमध्ये दाहालले ८ र राईले ७ मत प्राप्त गरेका हुन् ।




प्रतिक्रिया