काठमाण्डु-माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता र संविधानविपरीत एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद बस्नेतले भट्टराईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाए । जनयुद्धलाई विस्तृत शान्ति सम्झौता र संविधानले सशस्त्र संघर्ष भनेर परिभाषित गरिसकेको उनले स्पष्ट पारे ।
‘जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोसिस भएको छ । यो राजनीतिक मूल्य, नैतिकता र संवैधानिक निष्ठाको दृष्टिले अनुपयुक्त छ,’उनले भने ।
सांसद भट्टराईले जनयुद्धलाई अपमान र लाञ्छित गरेको उनले जिकिर गरे ।




प्रतिक्रिया