कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।