पार्टी सदस्य १० लाख पुर्‍याउने एमालेको वार्षिक कार्ययोजना (पूर्णपाठ)

पार्टी सदस्य १० लाख पुर्‍याउने एमालेको वार्षिक कार्ययोजना (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आगामी महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्‍याउने लक्ष्यसहित वार्षिक कार्ययोजना पारित गरेको छ ।

३१ भदौमा महासचिव शंकर पोखरेलद्वारा जारी वार्षिक कार्ययोजनामा ०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत बढाउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ ।

प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण दिएर पार्टी काममा जोड्ने कार्ययोजनामा उल्लेख छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्‍याउने कार्ययोजनामा महासचिव पोखरेलले लेखेका छन् ।

२०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित बनाइएको एक वर्षे कार्ययोजनामा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरिसकेको छ ।

२४ पेज लामो एक बर्से कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरूको सूची समेटिएको छ । जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ । त्यस्तै पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनका विषय समेटिएका छन् ।

एमाले नेतृत्वको विकासको योजना, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण विस्तार र नयाँ पुस्तामा पार्टी काम लगायत पाँच वटा विषयलाई प्राथमिकतामा राखेको छ ।

यस्तो छ कार्ययोजनाको पूर्णपाठ :