मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकार गठन भएको नौ महिना हुँदा पनि विकास, निर्माणमा प्रगति गर्न नसकेको आरोप खेपेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री र सचिवहरुलाई एक कदम अगाडि बढ्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले हरेक क्षेत्रका काम अघि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

बिहीबार खानेपानी, युवा तथा खेलकुद, शिक्षा तथा विज्ञान प्रविधि, सहकारी तथा गरिबी निवारण, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, वन तथा वातारण र पर्यटन मन्त्रालयको बजेट कार्यान्वयन प्रगतिबारे समेत छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रालयहरुको कामको गति अझै बढाउन आग्रह गरेका छन् ।