टहरोमाथि बसेर उद्धारको गुहार लगाउँदा लगाउँदै नख्खुमा बगे ४ जना

टहरोमाथि बसेर उद्धारको गुहार लगाउँदा लगाउँदै नख्खुमा बगे ४ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् ।

शनिबार बिहान सबा ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् ।

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । शुक्रबार र शनिबार अत्याधिक वर्ष हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो ।