झ्याप्लेखोलामा पुरिए स्याङ्जाका आमासहित जुम्ल्याहा दाजुबहिनी

झ्याप्लेखोलामा पुरिए स्याङ्जाका आमासहित जुम्ल्याहा दाजुबहिनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार बुटवलबाट काठमाण्डौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विंगर) धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरियो । विंगर पहिरोमा पुरिएपछि त्यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ का सिता भट्टराईसहित उनका जुम्ल्याहा छोराछोरी दिपेश भट्टराई र दिपिका भट्टराई पुरिएका छन् । जुम्ल्याहा दाजुबहिनीे बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए ।

दाजुबहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा बैगलादेशका हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन बंगलादेश जानका लागि शुक्रबार काठमाडौं हिँडेका थिए ।

शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि हिडेका उनीहरू चढेको विंगर झ्याप्लेखोलामा पुरिँदा आमा सितासँगै उनीहरू सदाका लागि अस्ताएका छन् । पहिरोमा पुरिएकामध्ये छोरा दिपेश र आमा सीताको शवको पहिचान भइसके पनि दिपीकाको भने पहिचान नभएको नागढुंगा प्रहरी प्रभागले जानकारी दिएको छ । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको प्रभागले बताएको छ ।

श्रीमतीसँगै छोराछोरीको पहिरोमा पुरिएर मृत्यु भएपछि बैदेशिक रोजगारीका लागि कोरियामा रहेका होमनाथ भट्टराईलाई नेपाल बोलाइएको आफन्तजनले बताएका छन् । सिताले १५ वर्षीय छोराछोरी दिपेश र दिपिकालाई बुटवल बसेर कालिका माविमा पढाउँदै आएकी थिइन् । विद्यालयका प्रचार्य दिनेश थापाले दिपेश र दिपिका ट्यालेन्ट विद्याथी रहेको बताए ।

प्रहरीले उनीहरूसँगै विंगरमा रहेका बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको सनाखत भएको जनाएको छ ।