सेनाका कर्णेल मिलन केसीको पहिरोमा पुरिएर मृत्यु

सेनाका कर्णेल मिलन केसीको पहिरोमा पुरिएर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोक घुम्न गएका नेपाली सेनाका कर्णेलको मिलन केसीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगलनजिकैको सिन्धुबिच रिसोर्ट माथिबाट आएको पहिरोमा पुरिएर सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल केसीको शनिबार मृत्यु भएको हो ।

सँगै घुम्न गएका कोरियन नागरिक बचाउन खोज्दा केसी पुरिएका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

दोलखा भिमेश्वर नगरपालिका घर भएका ३६ वर्षीय केसीको पहिरोबाट निकालेपछि केही बेरमा मृत्यु भएको हो ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले कर्णेल केसीको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । स्रोतका अनुसार केसीको शव पोस्टमार्टमका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा ल्याउने तयारी गरिएको छ ।