भृकुटीमण्डपमा विप्लवको जनसभा हुदैं

भृकुटीमण्डपमा विप्लवको जनसभा हुदैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभा शनिबार राजधानीको भृकुटीमण्डपमा हुँदैछ। पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

जनसभामा विभिन्न राजनीतिक दलका नेताहरूको उपश्थिति हुने पार्टी स्रोतले बताएको छ। सभामा नेता तथा सर्वसाधारणलाई सहभागिताका लागि निम्तो गरिएको छ। जनसभालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बोधन गर्नेछन्।

यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव  सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।