एमाले अध्यक्ष ओली चीनतिर ,प्रधानमन्त्री देउवा भारत जाने तयारीमा

एमाले अध्यक्ष ओली चीनतिर ,प्रधानमन्त्री देउवा भारत जाने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण जाने निश्चित भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भदौ पहिलो साता नया दिल्ली जाने भएका हुन ।  देउवा निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा उच्चस्तरिय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै तीन दिने भारत भ्रमणका लागी भदौ ७ मा दिल्ली उड्ने कार्यक्रम तय भएको छ ।

 

 

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हो । देउवा भदौ १० मा स्वदेश फर्कने तयारी   छ ।

 

परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी अघि बढाएको छ । मन्त्रालयले दिल्ली भ्रमणमा प्रधानमन्त्रीले उठाउने ऐजेण्डाको वारेमा सरोकारवाला निकायसंग छलफल समेत सुरु गरेको छ । 

 

प्रधानमन्त्रीको भारतको भ्रमणको तयारीको लागी केही समयअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दिल्ली पुगेका थिए ।