लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको छ ।

सिभिल डिफेन्स र लेबनानी रेडक्रसका प्रतिनिधिका अनुसार दक्षिणी लेबनानको बाराचित शहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ ।

स्रोतका अनुसार पीडितहरूको शव दक्षिणी लेबनानको नाबातिह शहरको अस्पतालमा सारिएको छ ।

पूर्वी लेबनानको कलिया शहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा १ नागरिकको मृत्यु भएको र ३ जना घाइते भएको लेबनानी रेडक्रसको स्रोतले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा गहन आक्रमण गरेको छ । यसको परिणामस्वरूप कम्तीमा २ हजार जनाको मृत्यु भएको छ ।