आज पनि एक यात्रुले बुद्ध एयरको आपत्‌कालीन ढोका खोले

आज पनि एक यात्रुले बुद्ध एयरको आपत्‌कालीन ढोका खोले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–उडानमा रहेको बुद्ध एयरको आपत्‌कालीन ढोका खोलिएको छ । आज बिहान विराटनगरबाट जनकपुर उडेको बुद्ध एयरको एक यात्रुले आपत्‌कालीन ढोका खोलिदिएका हुन् ।

बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरेको थियो यात्रुले आपत्‌कालीन ढोका खोल्दा उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ।

यसअघि अक्टोबार २ मा विराटनगरबाट काठमाडौँ, अक्टोबर ७ मा नेपालगन्जबाट काठमाडौँ र आज विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयर विमानको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन्।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ।