दसैंको राति टाउको काटेर चन्द्रबहादुरको हत्या

दसैंको राति टाउको काटेर चन्द्रबहादुरको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके– कोहलपुर नगरपालिका-८, पिपिरीमा टाउको बिनाको शव फेला परेको छ ।सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा शव फेला परेको हो । घटनास्थल नजिकको सरस्वतीचोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोला बोकेर गएको देखिएको छ ।

ती व्यक्ति को हुन र उनले कालो पोलिथिनको झोलामा के बोकेर हिँडेका थिए भनेर अनुसन्धान गरिने बताइएको छ ।

कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टका अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएका थिए। दसैंको टीकाको दिन राति उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ।

आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ।