रौतहट – जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट प्रहरीले पेस्तोल र गोलीसहित १ जनालाई पक्राउ गरेको छ ।
मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्डसहित स्थानीय ५६ वर्षीय भोला राय यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरी टोलीले उनलाई पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको छ ।
बरामद पेस्तोल सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया