न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको धम्की आएपछि…

न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको धम्की आएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई– मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा फेरी बम रहेको धम्की आएको छ ।

२३९ यात्रू रहेको विमानमा बम रहेको धम्की आएपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ ।

दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएको छ ।

यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।