अाइजीपी खनालकाे उद्घाेष : ‘नेपाल प्रहरीले अपराध र अपराधीको दोलो काढेर छाड्छ’

अाइजीपी खनालकाे उद्घाेष : ‘नेपाल प्रहरीले अपराध र अपराधीको दोलो काढेर छाड्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली– प्रहरी महानिरीक्षक (अाइजीपी) सर्वेन्द्र खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोलो काढेर छाड्ने बताएका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन अाइजीपी खनालले भने, ‘एक-दुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन।’

उनले नागरिकको रक्षामा खटिएका ७५ हजार नेपाल प्रहरी सदैव कर्तव्यनिष्ट र असल प्रहरी बनेर शान्तिसुरक्षामा अहोरात्र खट्न समग्र प्रहरी संगठनलार्इ अाग्ह गरे।

यसैगरी, आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा  आयोजित स्वागत कार्यक्रममा खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताए।

खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यकपर्ने  बताए।