वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको टेस्ट खेल रद्द

वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको टेस्ट खेल रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ ।

भारतको बेङ्गलुरुमा बुधबारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बिहीबार टेस्टको दोस्रो दिन ९८ ओभरको खेल हुने र टस बिहान ९ बजे हुने जनाएको छ । खेल साढे ९ बजे सुरु हुनेछ ।

भारत र न्युजिल्यान्डबीच ३ खेलको टेस्ट क्रिकेट शृंखला बुधबारदेखि सुरू भएको छ । शृंखलाको दोस्रो खेल आउँदो २४ अक्टोबरदेखि पुने र तेस्रो तथा अन्तिम खेल १ नोभेम्बरदेखि मुम्बईमा सुरु हुनेछ ।