‘राष्ट्रपतिलार्इ विवादमा तान्न हुँदैन’

‘राष्ट्रपतिलार्इ विवादमा तान्न हुँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताएका छन्।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा नेता पौडेलले राष्ट्रपतिका लागि सवारी साधन किन्ने विषय सामन्य भएको बताउनुभयो । उहाँले सरकारको कामकाजका विषयमा आवाज उठाउन विपक्षी दललाई आग्रह गरे । ‘जनताको भावनाअनुरुप काम भएको छ कि छैन, सरकार के गरेर बसिरहेको छ, त्यस विषयमा खबरदारी गर्नुस्, त्यो उचित हुनेछ,’ नेता पौडेलले भने।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए। नेपालको गौरवका निम्ति र सुरक्षाको हिसाबले गाडीको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । सरकारले नौ महीनामा केही गर्न नसकेको र सुरक्षाको विषयमा चुकेको उहाँको आरोप थियो।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्न आवश्यक नभएको आफूहरुले राय दिएको बताए।  उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि पनि महंगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महंगो गाडी खरिद गर्नु हुँदैन भन्ने नै हो।’