बाँके– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु अनौठो कुरा नभएको बताएका छन् ।
बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन पोखरेलले व्यवसायी मीनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताका हुन् ।
गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए ।’उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’, पोखरेलले भने ।
मीनबहादुर गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनको जिकिर छ ।




प्रतिक्रिया