सत्य निरुपण आयोगका लागि सिफारिस समिति बनाउने तीन दलबीच सहमती

सत्य निरुपण आयोगका लागि सिफारिस समिति बनाउने तीन दलबीच सहमती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुख्य तीन राजनीतिक दलबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति बनाउने सहमति भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

सहमति अनुरुप भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले समिति टुंग्याउने नेताहरूले बताएका छन्।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरिएको भए पनि आयोगहरूमा पदाधिकारी सिफारिस गर्न सकेको थिएन। सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो तर्फबाट प्रतिनिधि समेत पठाएको थिएन।

संक्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सिफारिस समिति बनाउनुपर्ने कानुनी बाध्यता व्यवस्था छ।