प्रहरीको पेट्रोल पम्प निर्माण कार्य तत्काल रोक्न उच्च अदालतको अन्तरिम आदेश

प्रहरीको पेट्रोल पम्प निर्माण कार्य तत्काल रोक्न उच्च अदालतको अन्तरिम आदेश

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा– उच्च अदालत पोखराले नेपाल प्रहरीले पोखरामा बनाउन लागेको पेट्रोल पम्प निर्माण कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।

अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले मंगलबार मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म पेट्रोल पम्प बनाउने कार्य रोक्न अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश प्रहरी कार्यालय गण्डकीको बीचमा रहेको जग्गामा नेपाल प्रहरीले पेट्रोल पम्प निर्माण गर्न लागेपछि अदालतमा रिट परेको थियो ।

पोखरा महानगरपालिका– ६ मा प्रदेश प्रहरी कार्यालयको नाममा रहेको कित्ता नम्बर ७ र ८ जग्गा अत्यन्त संवेदनशील एवं जोखिमपूर्ण स्थान भएकाले पेट्रोल पम्प बनाउन नहुने भन्दै पोखराका नागरिक अगुवा रामबहादुर पौडेलले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उनले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै अदालतले तत्कालका लागि पेट्रोल पम्प बनाउने कार्य रोकेर यथास्थानमा राख्न अन्तरिम आदेश दिएको छ ।