काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरिएको घटनामा प्रहरीले पक्राउ गर्नुलाई राजनीतिक प्रतिशोध भनेमा संसद्कै अपमान हुने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा महामन्त्री शर्माले लेखेका छन्, ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ ‘प्रचलित कानुन बमोजिम कार्वाही गर्नु’ तर प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?’
उनले सडकमा विलापको जगहसाइ नगरी अदालतको फैसला कुर्न कांग्रेस, एमाले, माओवादी र रास्वपालाई आग्रह गरेका छन् । अगाडि शर्माले लेखेका छन्, ‘काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं िअनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं िसडक विलापको जगहँसाई नगरौं ?’
उनले अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन भनेर व्यङ्ग्यसमेत गरेका छन् ।
महामन्त्री शर्माले दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता भएको उल्लेख गरेका छन् ।




प्रतिक्रिया