काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : गगन थापा

काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेपाल महिला संघ चितवन शाखाले सोमबार आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन्।

चुनाव हार्दैमा निराश हुनु नपर्ने भन्दै थापाले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए। कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताए।

उनले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ।” कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोलेका थिए।