रघुराम विष्टलाई सचिवमा बढुवा गर्न सिफारिस

रघुराम विष्टलाई सचिवमा बढुवा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्न सचिव बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टलाई प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त सचिवमा विष्टलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने प्रावधान अनुसार बढुवाका लागि बिष्टको नाम एकल सिफारिस भएको हो ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले बिष्टलाई सचिवमा बढुवा गरि कुनै प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो ।